होम भण्डारी
नारी तिमी कति महान
छाति भित्र आगो जल्दा कहिल्यै पोल्यो भन्दैनौ नि
तिम्रो महानतालाई देखेर शिवजीले कहिल्यै गर्दैन नि
जति बज्रियोस छाति माथि बुटका वज्रहरु
पीडा भयो आमा कहिल्यै भन्दैनौ नि
नारी तिमी साँच्चै महान
सल्कि सक्यो तिम्रो शरिर खरानी भएर
आफनो पीडा अरुलाई तिमी कहिल्यै पोख्दैनौ नि
कुन रात कुन दिन फुर्सत तिमीलाइ नभए नि
थाके आज धेरै भनि कहिल्यै तिमी भन्दैनौ नि
आफ्ने पीडा लुकाएर अरुको बेदनामा रुमलिदाँ
म त धर्ति भन्दै आकाश झुकाएँ कहिल्यै भन्दैनौ नि
हाय¤ नारी तिमी कति महान
पुरुषको दासी बन्दा पनि कहिल्यै दासी मान्दैनौ नि।

No comments:
Post a Comment