स्वागत छ यहाँहरुलाई यो व्लगमा प्रवेश गर्नु भएकोमा

क्लवको बारेमा

प्रस्तावनाको संक्षिप्त विवरण
. प्रस्तावना पेश गर्ने संस्थाको नामः श्री दीपज्योति युवा क्लब  
. प्रस्तावना पेश गर्ने संस्थाको ठेगानाः गा.वि.. मधुमल्ला, मोरङ
. कार्यक्रमको नामः मधुमल्ला स्तरीय बुद्धीचाल प्रतियोगिता
. कार्यक्रमको अवधिः दिन मिति.........
 . खेलमा सहभागि हुने संख्या .  १५  पु.  २०   जम्मा   ३५
खेलमा सहभागिता जनाउने संस्था÷ व्याक्ति संख्याः ३५
. तालिममा हुने अनुमानित खर्च
             गा. वि. . रु.  १००००।
             स्थानिय संस्था रु.   ५०००।
            कूल रकम   रु.  १५,०००।

. सम्पर्क व्याक्तिहरु:
                        सन्तोष गौतम, गोविन्द बस्नेत,  रमेश काफ्ले
                        (९८४२६६६३१५÷९८४२०९८१३९

 प्रस्तावना
    . संस्थाको परिचय (पृष्ठभूमि)
   मोरङ जिल्लाको उत्तर पूर्वमा रहेको मधुमल्ला गा.वि.. को पुर्वमा मावा खोला झापा जिल्ला, दमक नगरपालिका, पश्चिममा मोरङ जिल्लाको टाँडी गा.वि.. जाँते गा.वि.. संग यसको सिमाना जोडिएको भने दक्षिणमा उर्लाबारी उत्तरमा इलामको साकफारा गा.वि..रहेकोे साथै पूर्वपश्चिम राजमार्गको उर्लाबारी बजार देखि  कि.मि. उत्तरमा रहेको २६.३०ं देखि २६ं.४५ ंउत्तरी अक्षांश ८७ ं३० देखि ८७ ं४५ पुर्वी देशान्तरमा फैलिएको मधुमल्ला गा. वि. . मा यो क्लब रहेको

वि.सं. २०६४ सालमा मधुमल्ला गा.वि..मा  संगठित युवा विहिन अवस्थामा रहेको सन्दर्भमा वि.सं. २०६० सालमै स्थापित भई निरन्तर रुपमा सञ्चालनमा आएको दीपज्योति साहित्यिक द्वैमासिक पत्रिकामा आवद्ध केही युवा साथीहरु  अन्य बुद्धिजिबीहरुले  हाम्रो समाज देश विकासका निम्ति केही योगदान दिनका निम्ति युवाहरु संगठित हुनुपर्छ, सक्रिय हुनुपर्छ भन्ने मान्यताका साथ युवा क्लबको परिकल्पना गरेर पटक पटकको अनौपचारिक छलफल बहस पश्चात मिति २०६४ साल साउन ११ गते शुक्रबारका दिन श्री केदार पौडेलको निवासमा २४ जना युवाहरुको उपस्थिति रहेको एक भेलाको आयोजना गरियो उक्त भेलाले सर्वसम्मत रुपमा यस क्लबलाई श्री दीपज्योति युवा क्लब, मधुमल्ला, मोेरङ भनी नामाकरण समेत ¥यो 

            यसरी विभिन्न आरोह अवरोहहरुको सामना गर्दै  कर्यक्रमहरु अगाडी बढाउने क्रममा कतिपय संघसंस्थाहरुमा देखिएका अनियमितता, गल्ती, कमीकमजोरीहरुलाई औँल्याउँदा दर्ता नभएको संस्था भनी दूधे बालकको अवस्थामा रहेको संस्थाको घाँटी निमोठ्ने काम समेत तत्कालीन कतिपय संघसंस्थाका पदाधिकारीहरुबाट भएको थियो यसै गरी कतिपय कार्यक्रमहरुमा दर्ता नभएको संस्थाले आयोजना गरेको कुनैपनि कार्यक्रमहरुमा सहभागी हुनु जरुरी छैन भन्ने प्रतिक्रियाहरुको पनि सामना गर्नुप¥यो यस्ता तीता मीठा यथार्थहरुलाई मनन् गर्दै जाँदा सँस्थालाई वैधानिक रुपमा अगाडि बढाउन तथा थप गति प्रदान गर्नका निम्ति सँस्थालाई जि.प्र.का. मोरङमा दर्ता गर्ने समेत निर्णय गरियो पटक पटकको प्रयास पश्चात मिति २०६५ साल मंसिर गते जिल्ला प्रशासन कार्यालय मोरङमा विधिवत रुपमा यो संस्था दर्ता भयो   

 २.  संस्थाको उद्धेश्यः
   यस संस्थाका निम्नलिखित उद्धेश्यहरु रहेका छन्
Ø  युवा शक्तिलाई संगठित गर्ने
Ø  संगठित युवाहरुलाई सृजनात्मक तथा रचनात्मक कामतर्फ अभिप्रेरित गर्ने
Ø  समाजमा रहेका समस्याहरुको निराकरणका लागि सशक्त रुपमा पहल गर्ने
Ø  संस्थामा सुशासनको विकास गर्ने अन्य संघ संस्थामा पनि सुशानका लागि पहल गर्ने
Ø  समाज तथा राष्ट्रसंग सरोकार राख्ने सचेतनामूलक कार्यक्रमहरु गरी समुदायलाई सुसूचित गराउने
Ø  विभिन्न दातृसंस्थाहरुसंग सहकार्य गरी युवाहरुलाई प्राविधिक तथा सीपमूलक तालिमहरुको आयोजना गर्ने
Ø  युवा वर्गलाई स्वरोजगार बनाई विदेश पलायन हुनबाट रोक्ने

  .  संस्थाले हालसम्म गरेका मुख्य मुख्य कामहरु त्यसको उपलव्धिहरुः
Ø  मिति २०६४ साउन २१ गते कोशी बाढीपीडितहरुलाई सहयोगका लागि रकम संकलन गरी वितरण
Ø  मिति २०६४ भाद्र ११ गाइजात्रा विशेष व्यंगात्मक स्टेज कार्यक्रम सम्पन जस वाट क्लवको पहिचान समुदयमा सहकार्यका लागि क्लबलाई सहज वातावरणको सृजना
Ø  ०६४ सालको एड्स दिवसका अवसरमा सडक नाटक प्रस्तुत गरिएको जसवाट समाजमा HIV AIDS  को बारेमा जनचेतना फैलाउन सफल
Ø  २०६४ चैत्र ११ गते सोमबारका दिन संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा चेतनामूलक गोष्ठी साथै मतदान प्रकृया सम्वन्धी सहभागीलाई प्रशिक्षण
Ø  मिति २०६५ वैशाख ११ गते लोकतन्त्र दिवसका अवसरमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न जसमा  सयौ मानिसहरुको सहभागिता रहेको थियो
Ø  मिति २०६५ जेष्ठ १६ गते गणतन्त्रको घोषणापछि हर्षाल्लासका साथ मधुमल्लामा साइकल ¥यालीको आयोजना
Ø  मिति २०६५ कार्तिक गते मंगलबारका दिन एफ स्कील तथा उदय नेपाल संस्था संगको सहकार्यमा आयोजित महिने निशुल्क इलेक्ट्रिसियन तथा व्युटिसियन तालिम समुद्घाटन गरी महिने तालिम सम्पन्न गरिएको जसबाट ४० जना युवायुवतीहरु दक्ष जनशक्तिका रुपमा उत्पादन भएको  हाल कतिपय नेपलमै स्वरोजगार भई जीवन यापन गरीरहका केही बैदेसीक रोजगारमा सोहीकममा कर्र्यरत रहेर राम्रो आम्दानी गर्न सफल भईरहेका
Ø  मिति २०६५ माघ १८ गते श्री भगवती मा.वि.को स्वर्ण महोत्सवको अवसरमा संस्कृति तथा राज्य पुर्नसंरचना मन्त्री श्री गोपाल किराँतीको अभिव्यक्ति विरुद्ध क्लबको अघुवाइमा अन्य स्थानीय संघसंस्थासमेतको सहभागितामा खेद विज्ञप्ति प्रकाशित गरिएको
Ø  मिति २०६६ भाद्र १२ गते एक्स्प्लोर इन्टरनेशनल संस्था सँगको सहकार्यमा राष्ट्रिय कथा लेखन प्रतियोगिता सम्पन्न जसमा मोरङ जिल्लाका करिब ४० भन्दा बढी विद्यालयको सहभागीता
Ø  मिति २०६६ मंसिर १५ मा २२ औँ एड्स दिवसका अवसरमा सडक नाटक प्रस्तुत
Ø  मिति २०६६ माघ १६ गते चुलीपोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा  विकाश गर्ने उद्धेश्यले मधुमल्ला , टाँडी गा.वि.. स्थानीय संघसंंस्थाका प्रतिनीधी पत्रकारहरु समेत गरी ५०० बढीको सहभागीतमा कर्यक्रम सम्पन्न सो कार्यक्रमम पस्चात  सो ठाउँ सडक निर्माण कर्य सुचारु भएको
Ø  मिति २०६७ जेष्ठ १३ गते युवा क्षमता अभिवृद्धि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न  
Ø  मिति २०७० असार १० गते सुशासनका लागि नेतृत्व विकास बिषयक दिने तालिम सम्पन्न जसमा संघ संस्थाका ३० बढीको सहभागीता
Ø  मिति २०७०÷०८÷ १३ गते नेपाल ICC T-20 World Cup 2014 मा छनौट भएकोमा मधुमल्लामा बृहत दिपावली कार्यक्रम सम्मपन्न  

. प्रस्तावनाको ओेैचित्य
            मधुमल्ला गा वि मा रहेका युवा शक्तिलाई सामाजिक कृयाकलापमा सहभागी गराउदै खेलको माध्यम बाट तमाम यूवाहरुमा  एकताको भावना सृजना गर्नका लागी बद्धीचाल प्रतियोगिताको आयोजना गर्ने जमर्को गरिएको छ।

तालिमको उद्धेश्य
) खेलको माध्यम बाट बौद्धीक क्षमताको अभिवृद्धि गर्ने। 
) यूवा शक्तिलाई संगठित गर्दै संख्यात्मक वृद्धि गर्ने
) कूसल नेतृत्व प्रदान गर्न सक्षम वनाउने
) पारदर्सिता शिपको विकास गर्ने
) समावेशी लोकतान्त्रिक समाजको निर्माण गर्ने शिपको विकास गर्ने
) सामाजिकीरण सामाजिक न्यायको लागि सक्षम जनशक्तिको विकास गर्ने

कार्यविधि
) मधुमल्ला गा.वि..मा रहेका विभिन्न उमेर समुहलाई समावेस गराइनेछ
) खेल पूर्ण रुपले सहभागितामूलक विधि प्रकृया अपनाई संचालन हुनेछ
) समावेशी लोकतान्त्रिक पद्धतिलाई केन्द्रविन्दुमा राखिनेछ
) खेल अवधिमा सिकेका ज्ञान सीप धारणालाई खेलमा  अभ्यास गर्न कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न जोड दिइनेछ
) पत्राचार , स्थानिय पत्र पत्रिका रेडियो बाट सुचना प्रकासन÷ प्रसारण गर्ने

खेलका लागि आवश्यक सामाग्री र अनुमानित लागत निम्नानुसारको हुनेछः
) सामग्री खरिद   ३०००
) पुरस्कार÷ प्रमाणपत्र  ५०००
) पत्राचार , प्रचार प्रसार सुचना प्रकासनः २०००।
) खाजा ÷ नास्ता     ३०००।
) विविध     २०००।

-----------------------------------------------------------------

No comments:

Post a Comment