गजल
अलिकती यादहरु मलाई पनि दिए हुन्छ ।
बांकी याद संहालेर एकल जिवन जिए हुन्छ । ।
जिवन जिउंदा संधैभरी खुशी मात्रै हुन्न रै छ,
आंशु बांकी राखिदिइ हांशो फिर्ता लिए हुन्छ ।
एकातिर भबिश्य र अर्कातिर भाज्ञ मेरो,
खुशी मिल्छ तिमीलाई भने, आंशु मैले पिए हुन्छ ।
मै बांचुला फाटेको मन्, जिवन भरी साथमा लिइ
दुइटा भिन्नै अरु मनलाई एकै ठांउमा सिए हुन्छ ।
लेखक श्याम दाहाल "श्पन्दन्"
______________________________
गजल
जीन्दगीको हाँसो खुशी हिजोसम्म विलाई सके
भविष्यको पीर व्यथा वर्तमानमा मिलाइसके
आकाशको जुन हेरी हास्ने रहर युगौ सम्म
यले कोल्टे फे¥यो बन्देज गरी सिलाईसके
हरियाली टाढा भए शिशिरको उजाड संगै
हरेक पल अमृत पनि नशा संगै पिलाइसके
कुहिरोले छोपिएछ लक्ष्यहिन बाटोहरुमा
वर्षातको झरी सँगै यात्राहरु हिलाईसके
क्षितिजमा हराइरहे सत्यताका नमुनाहरु
दुनिया नै झुटा जस्तो त्यस्तै वाचा दिलाईसके
_______________________________________
गजल हिमालको डाँफेजस्तै नाच्नुपर्छ हाम्ले
अरुलाई नि हसाँउदै हास्नुपछ हाम्ले
मित्रताको हात बढाई एकतामा जुटी
हातमाथि हात राखी गाँस्नुपर्छ हाम्ले
भाइचारामा मनमुटावको भाव राख्नु हुन्न
देशमा शान्ति ल्याई अशान्ति नास्नुपर्छ हाम्ले
अभिषाप नबनाऊ बुद्धका ती आशिषलाई
शत्रु ती अन्याय अत्याचार मास्नु पर्छ हाम्ले
_______________________________________
गोविन्द बस्नेत गजल
कस्तो होला स्वभाव यिनको, ढकमक्कै फुलिदिन्छन्
निमेष भरमै आकाश जस्ता,े सबैसामु खुलिदिन्छन्
विधाताका दास हुन कि, तासका यी त्रिपन्न खेल
गरम छैन, वरण हैन, औ सर्वाङगै डुलिदिन्छन्
साँच्चै होकि कलियुग, परिवर्तन उल्टो भा’ को
तीतो सत्य एउटै दाप नि, कयौंसँग झुलिदिन्छन्
सोझो मान्छे मूर्ख भयो, उत्तानो नै रहिरहन्छ
कालो बादल आकाशको, बारम्वार भुलिदिन्छन्
वासनाले भवँरालाई, फनफनी घुमाइदिन्छ
आरोप लाई ‘बलात्कारी’ नित्य खोरमा हुलिदिन्छन्
मधुमल्ला—१, मोरड.
__________________________________
सवाल जवाफ गजल
सवालः– सक्छु लौ सक्दिन सत्यदिल लिन एकचित भै निफन्दै छु म त
राख्छौ कि राख्दैन त्यो दिलको प्रियतमा बन्दैछु म त
जवाफः–स्वार्थी हुन्छनरे केटा मान्छे विश्वास तिम्रो गर्दिन म त
देखाबटी माया नखन्याउ मलाई तिम्रो भरमा पर्दिन म त
सवालः– माया हो रे जीवन हाक्ने चलाउन जाने देखि
कहिले दिन्छौ माया भनि आउदा दिन गन्दैछु म त
जवाफ– माया त केबल नशा हो रे उमंगमा सताउने
अन्तै वाँस मागे हुन्छ तिम्रो दिलमा सर्दिन म त
सवालः– मायाको कुलो खन्नु रे ठुलो जीवन हराभरा पार्न लाई
साथ दिन्छौ दिन्नौ विश्वासले बारी मायाको बाटो खन्दैछु म त
जवाफः– कसैको साथ चाहिदैन एक्लै लड्छु जीवनसँग
मेरो बाटो नपछ्याऊ तिम्रो साथमा लर्दिन म त
सवालः– के छ त्यो दिलमा कस्तो छौ शिलमा छैन लौ भाको हाम्रो वात
दिन्छौ कि दिन्नौ तिम्रो दिलमा बाँस बस्ने भन्दैछु म त
जवाफः– नराख चासो मेरो बारेमा छैन लौ यो दिलमा ठाउँ
हुदै हुँन्न नफकाऊ जीवनको डुड्डा तिमीसँग तर्दिन म त
सवालः– पुष्प वियोगी मधुमल्ला–२,दृश्यटोल मोरङ
जवाफः– निर्मला निरौला ‘प्रयासी’कन्याम–४ तारागाउ, इलाम
____________________________________________
गजल
सिर्जनशील यी हातहरु देश विकासमा लाएर हेर
न्याय बोल्ने शान्तिका एकदुई गीत गाएर हेर।
राख्न हुन्न रहरहरु भोको घरमा बन्दि बनाई
एक जुट भई सवैजना मेचीकाली छाएर हेर
पछि प¥यो नगर्नाले गर पर्नाले भाग्यमाथि
इच्छा यो शहिदको पूरा गर्ने चाहेर हेर
तिरसकार गर्नेहरु घृण गर्दै सिढीं चढ्दा
सँधै पछि भइरहन्छन तिमीमाथि आएर हेर
ेआँशु र रोदनको छट्पटिबाट भिन्न रहेर
खुसी र बहारको उम· जीवन बाँचेर हेर
__________________________________________
गजल
लुकामारी गरी म सँग छलाएर गई
कहाँ –कहाँ भेट्न बोलाइ गलाएर गई
निश्चल, निश्कृय यो मेरो मुटुलाई
आफूलाई तानि अनि चलाएर गई
प्रेम रुपी विज रोपी हुर्काइ विरुवा अनि
कोपिला नि नफ्रकदै ढलाएर गर्ई
उसको अनि मेरो मुटु एउटै पार्ने कुरा गर्थी
टुक्रा–टुक्रा पारी मुटु जलाएर गई े
कस्तो गल्ति गरे मैले उनलाई चोट प¥यो
फलेदोमा आफुलाई फलाएर गई
गजल
हिजो सम्म साथ दिई आज हात छोड्यौ किन
धोका दिनु थियो भने मित्रता नै जोड्यौ किन
देउरालीको चौतारीमा संगै मर्ने कसम खाको
छेपारोको रंड्ड जस्तै बाचाहरु तोड्यौ किन
वसन्तको सुन्दर फूलहरु बर्षातले मारे पछि
आज फूललाई मल लगाई गयौ किन
जीन्दगीका यात्रा भरी साथ दिन्छु भनि
दोवाटोमा आई बाटोहरु मोड्यौ किन
मुक्तक
कोही भन्छन माँया फूलको थुगाँ हो
कोही भन्छन माँया कोलाको बुगाँ हो
म भन्छु माया ओठ माथीको जूँगा हो
मन लागे पाल्नु नलागे काटेर फाल्नु
मन लागे गर्नु नलागे नगर्नु ।
श्यामप्रसाद दाहाल“स्पन्दन”
Email: shyamdahal@yahoo.com
_________________________________________
मुक्तक
साँझ विहान देउरालीमा धाउन पाए हुने थियो
चोखो साइनो कसैसँग लाउन पाए हुने थियो
रनवन गुञ्जयमान कोकिल यो गलाले
एकान्तमा सुमधुर गीत गाउन पाए हुने थियो ।
सिर्जनशील यी हातहरु देश विकासमा लाएर हेर
न्याय बोल्ने शान्तिका एकदुई गीत गाएर हेर।
राख्न हुन्न रहरहरु भोको घरमा बन्दि बनाई
एक जुट भई सवैजना मेचीकाली छाएर हेर
पछि प¥यो नगर्नाले गर पर्नाले भाग्यमाथि
इच्छा यो शहिदको पूरा गर्ने चाहेर हेर
तिरसकार गर्नेहरु घृण गर्दै सिढीं चढ्दा
सँधै पछि भइरहन्छन तिमीमाथि आएर हेर
ेआँशु र रोदनको छट्पटिबाट भिन्न रहेर
खुसी र बहारको उम· जीवन बाँचेर हेर
__________________________________________
गजल
माया एउटा दुश्मनको जाल हो
खोला जस्तै बगेर आउने छाल हो
पोखरीमा, डुब्नेलाई कठिन हुन्छ निस्कन
पोखरीमा कट्नु मैले तिम्रो लागि कति ताल हो
साँचो माया गर्नेहरु मायाको लागि मर्दारैछन्
उमेरले छोएपछि मर्ने एउटा साल हो
आÇनो ज्यान अरुको लागि सुप्पी दिनु
साँचो माया गर्नेहरुको लागि पराल हो।
__________________________________________
गजल लुकामारी गरी म सँग छलाएर गई
कहाँ –कहाँ भेट्न बोलाइ गलाएर गई
निश्चल, निश्कृय यो मेरो मुटुलाई
आफूलाई तानि अनि चलाएर गई
प्रेम रुपी विज रोपी हुर्काइ विरुवा अनि
कोपिला नि नफ्रकदै ढलाएर गर्ई
उसको अनि मेरो मुटु एउटै पार्ने कुरा गर्थी
टुक्रा–टुक्रा पारी मुटु जलाएर गई े
कस्तो गल्ति गरे मैले उनलाई चोट प¥यो
फलेदोमा आफुलाई फलाएर गई
__________________________________________
गजल
हिजो सम्म साथ दिई आज हात छोड्यौ किन
धोका दिनु थियो भने मित्रता नै जोड्यौ किन
देउरालीको चौतारीमा संगै मर्ने कसम खाको
छेपारोको रंड्ड जस्तै बाचाहरु तोड्यौ किन
वसन्तको सुन्दर फूलहरु बर्षातले मारे पछि
आज फूललाई मल लगाई गयौ किन
जीन्दगीका यात्रा भरी साथ दिन्छु भनि
दोवाटोमा आई बाटोहरु मोड्यौ किन
__________________________________________
कोही भन्छन माँया फूलको थुगाँ हो
कोही भन्छन माँया कोलाको बुगाँ हो
म भन्छु माया ओठ माथीको जूँगा हो
मन लागे पाल्नु नलागे काटेर फाल्नु
मन लागे गर्नु नलागे नगर्नु ।
श्यामप्रसाद दाहाल“स्पन्दन”
Email: shyamdahal@yahoo.com
_________________________________________
मुक्तक
साँझ विहान देउरालीमा धाउन पाए हुने थियो
चोखो साइनो कसैसँग लाउन पाए हुने थियो
रनवन गुञ्जयमान कोकिल यो गलाले
एकान्तमा सुमधुर गीत गाउन पाए हुने थियो ।
_________________________________________
रुवाई
रुवाई
भावनामा मित्रताको नाताहरु जोड्दा रैछन्
स्वार्थ पुरा भएपछि चिठी लेख्न छोड्दा रैछन्
जिन्दगीमा यस्तै मात्र साथीहरु पाइयो हजुर
कुरुप फोटो पाएपछि अन्तै बाटो मोड्दा रैछन्