स्वागत छ यहाँहरुलाई यो व्लगमा प्रवेश गर्नु भएकोमा

Thursday, December 30, 2010

                     शुभकामना 


चन्द्रमालाई उडि छुने तिम्रोहोस् चाहाना
साथीहरुमा तिम्रो रहोस सदैव सद्भावना
प्रगति पथमा लम्किने तिम्रो होस् भावना
निडर भई समस्याको गर्नु एक एक तिमी सामना


हरेक विहानी सुन्दर बनोस् जगाई नयाँ प्रेरणा
खुसीले हृदय नाच्न सकोस बनाई नयाँ करुणा
चम्कि रहनु जगमा धु्रर्व तारा झै बनि एक नमुना
विकास अनुशासन र गतिशिलताको गर्छु म कामना


बासरहोस कदम–कदममा भगवानको तिमीमा
प्रगतिमा चुम्न सक्नु सबैको रहोस् भरोसा तिमीमा
साकार रहनु तिम्रा चाहाना आगामी दिनहरुमा
साथ बाड तिमी सधै नेपाली जनहरु


असत्य र अन्धविश्वासको सदैव गर्न सामना
सत्य र उज्वल भविष्यको सदैव गर्न कामना
अमर बनोस तिम्रो लक्ष्य
यहि छ दीपज्योति तिमीलाई शुभकामना ्


शिला भण्डारी
_______________________________________
रुवाई                       

माग्ने जति सबैलाई नखाई–नखाई पनि दिएको छु 
फाटिरहने यो मन पनि सयौ चोटि सिएको छु 
हृदय भरि चोट सही नसकी कहिले कहिले त साथी 
आÇनै आँशुलाई पनि बिष मानि पिएको छु ।

Friday, December 17, 2010

तितो सत्य

हैन ए बाबु तँ आज फेरी स्कुलै नगई फर्किस ? आÇनो नाती विक्रम स्कुल जानको लागि घरबाट हिडेको तर वीच बाटोबाटै फर्किएको देखेर हजुरबा रामप्रसादले सोधे । हैन की वा म स्कुल जादैथिए, तर बाटोमै मेरो साथी राकेशलाई फकदै गरेको देखे अनि हामी सँगैं आयौं। विक्रमले जवाफ दिया । हैन ए विक्रम के अनि तेरो साथी फर्किय भन्दैमा त पनि फर्कनुपर्छ त ? कतै ऊ विरामी परेर पो फर्किएको हो की साधिनस् ? हैन कि बा उसले भनेको आज नेपाल बन्द हो रे, अनि घरबाट बाहिर समेत निस्कनु हुँदैन रे अनि तपाइलाई थाहा छ, बा यदी अटेर गरेर स्कुल गयो भने, ढिस्च ढिस्च गोली हान्छन् रे त्यही भएर हामी घर फर्किएका हौं ।
आÇनो त्यति सानो नातिले एकै श्वासमा हत्या र हिंसा सम्बन्धि कुरा गरेको देखेर रामप्रसादलाई यो कुरा सोच्न बाध्य गरायो “आखिर यस्तै बन्द र हड्ताल मात्रै भइरहने हो भने यस्ता देशका कर्णधार, बालबालिकाको कलिलो दिमागमा शिक्षाको उज्यालो दिपको सट्टामा औंशीको कालो रातको सृजना हुनमा कतिवेर पो लाग्ला र ?

Thursday, December 16, 2010

कविता

                    दीपज्योति तिमी  


आजै पनि समाजमा अज्ञानताले छाइरहेको छ
ज्ञानको विकास बोकेर आऊ दीपज्योति तिमी
मानिसको मुहारमा निरासाले छाइरहेको छ
खुसिको आन्नद बोकेर आऊ दीपज्योति  तिमी
जातिको विरुधमा जाति उठि रहेको छ
मानिस मानिस नै हो अर्को जात छैन भनिदेऊ दीपज्योति तिमी,
नेपाल आमा आजै पनि रोइनै रहेको छ।
शान्तिको बाटो बनेर आऊ दीपज्योति तिमी
मेची र महाकाली हाम्रो पुर्खाहरुले रगत बगाएको हो।
इतिहास खोलेर देखाई देऊ दीपज्योति तिमी
पूर्खाहरुले बचाइराखेको यो देशमा
सबै मिलि बाच्नु पर्छ भनिदेऊ दीपज्योति तिमी
हो सबै मिली बाच्नु पर्छ भनिदेऊ दीपज्योति तिमी ।
शिर्षकः विदेशको पिडा

आँखा भरी रोदनहरु फैलीरहे कता कता
म भित्रका वेदनाहरु झुमीरहे यता उता
हसाँऊन खोज्छु तिमीलाई हृदयको तरगमा कतै कतै
हासोँ होईन आँशु झनै झारीदिन्छौ कतै कतै ।


केवल खुशिले मात्र होईन आँशुले वाच्नु पर्छ यँहा
हाँसो र खुशिको उमंगले झुमि रहनु तिमी त्यहा
चैत्र र वैशाखको जस्तो हुरी वतास चल्छ यहाँ
छहरे खोलाको सुसेली आवाज जस्तो आभास हुन्छ जहाँ तहाँ ।


सम्जन्छौ होली तिमी यहाँ मस्तीको जिवन होला भनी
मस्तीको जिवन छ भनौ भने आगोको ज्वालो निल्नु पर्छ यहाँ
मस्तीको जिवन छ भनौ भने घुम्टो ओडेर हिडन वाध्य हुनु पर्छ यहाँ
अव सोच सम्ज त कहाँ रहेछ मस्तीको जिवन यहाँ की त्यहा !


न त मिल्छ भेष यहाँ न त मिल्छ भाष यहाँ
न त मिल्छ दयाँ यहाँ न त मिल्छ एक् छाक खान यहाँ
अझै पनि भन्छौ तिमी मस्तीको जिवन छ रे यहाँ
म पनि सोच्ने गर्दथे कुनै वेला साच्चीकै मस्ती होला यहाँ ।


म अहिले भोग्दैछु तातो वालुवा अनी आगोको मुस्लोरुपी घाम यहाँ
अव भन्ने गर्छु सधै यहाँ कष्ठ र दुःखको जिवन जिऊन वाध्य हुनु पर्छ यहाँ
नभन है अव फेरी शुखःको जिवन छ रे तिम्रो ंंंंंंंंंंंंंंंंंं
नभन है अव फेरी शुखःको जिवन छ रे तिम्रो ंंंंंंंंंंंंंंंंंं


कुमार अर्याल हाल
" साउदी अरव "

गजल

-"खाली रै'छ सिउदो"

खाली रै'छ सिउदो भरौ'की जस्तो लाग्यो !!
बस्दै गर्या बासै पो सरौ'की जस्तो लाग्यो !!

एकहोरै हेरेछु चन्द्र झै रुप देख्दा
समिपैमा बात गरौ'की जस्तो लाग्यो !!

किन कुन्नी नौलो छ रहर अनी आश
माया दिन्छ्यौ भरमा परौ'की जस्तो लाग्यो !!

गाह्रो छ रे तिम्लाई त भेटी मन खोल्न
मायाजाली "किरण" छरौ'की जस्तो लाग्यो !!

_____________ 
किरण "अनविज्ञ" 
विराटचोक मेराङ
हाल :- मरुभुमी बालुवाटार 
http://kiransubedi.blogspot.com/ 

कविता

                                    होम भण्डारी
            नारी तिमी कति महान
छाति भित्र आगो जल्दा कहिल्यै पोल्यो भन्दैनौ नि
तिम्रो महानतालाई देखेर शिवजीले कहिल्यै गर्दैन नि
जति बज्रियोस छाति माथि बुटका वज्रहरु
पीडा भयो आमा कहिल्यै भन्दैनौ नि
नारी तिमी साँच्चै महान
सल्कि सक्यो तिम्रो शरिर खरानी भएर
आफनो पीडा अरुलाई तिमी कहिल्यै पोख्दैनौ नि
कुन रात कुन दिन फुर्सत तिमीलाइ नभए नि
थाके आज धेरै भनि कहिल्यै तिमी भन्दैनौ नि
आफ्ने पीडा लुकाएर अरुको बेदनामा रुमलिदाँ
म त धर्ति भन्दै आकाश झुकाएँ कहिल्यै भन्दैनौ नि
हाय¤ नारी तिमी कति महान
पुरुषको दासी बन्दा पनि कहिल्यै दासी मान्दैनौ नि।

गजल

कस्तो होला स्वभाव यिनको, ढकमक्कै फुलिदिन्छन्
निमेष भरमै आकाश जस्ता,े सबैसामु खुलिदिन्छन्

विधाताका दास हुन कि, तासका यी त्रिपन्न खेल
गरम छैन, वरण हैन, औ सर्वाङगै डुलिदिन्छन्


साँच्चै होकि कलियुग, परिवर्तन उल्टो भा’ को
तीतो सत्य एउटै दाप नि, कयौंसँग झुलिदिन्छन्


सोझो मान्छे मूर्ख भयो, उत्तानो नै रहिरहन्छ
कालो बादल आकाशको, बारम्वार भुलिदिन्छन्


वासनाले भवँरालाई, फनफनी घुमाइदिन्छ
आरोप लाई ‘बलात्कारी’ नित्य खोरमा हुलिदिन्छन्
                    गोविन्द बस्नेत
____________________________________________
                 फूल


गुलाब फूलको सयपत्री फूल्को 
हेराँै नियाली कन एक झुल्को 
रंग छ अनेक थरी थरिको 
गुण छ हरेक परिवारको 


मन छुने दिल्को कर्तव्य फूल्को 
हेरौँ विचारी मन एक झुल्को 
बस्छ पहरे त्यौ छेवैमा काँडा 
विचारी चाला छ बस्तैन टाढा 


हाँसी रिझायो फूलले नै शत्रु 
रुगीकन बस्छ काँडा झै मित्रु 
घोचेर चेत फर्काउने च्वास्सै 
नटिप फूलेको सम्झाई स्वास्सै 


छर्कर कोमल माधुर्य वास्ना 
दक्ष दिल छोई मुसुक्क हाँस्न 
फूलेर त्यो बाँच्छ हासेर फूल्छ 
मरे पनि मन संझेर डुल्छ ।