निमेष भरमै आकाश जस्ता,े सबैसामु खुलिदिन्छन्

विधाताका दास हुन कि, तासका यी त्रिपन्न खेल
गरम छैन, वरण हैन, औ सर्वाङगै डुलिदिन्छन्
साँच्चै होकि कलियुग, परिवर्तन उल्टो भा’ को
तीतो सत्य एउटै दाप नि, कयौंसँग झुलिदिन्छन्
सोझो मान्छे मूर्ख भयो, उत्तानो नै रहिरहन्छ
कालो बादल आकाशको, बारम्वार भुलिदिन्छन्
वासनाले भवँरालाई, फनफनी घुमाइदिन्छ
आरोप लाई ‘बलात्कारी’ नित्य खोरमा हुलिदिन्छन्
गोविन्द बस्नेत
____________________________________________
फूल
गुलाब फूलको सयपत्री फूल्को हेराँै नियाली कन एक झुल्को
रंग छ अनेक थरी थरिको
गुण छ हरेक परिवारको
मन छुने दिल्को कर्तव्य फूल्को
हेरौँ विचारी मन एक झुल्को
बस्छ पहरे त्यौ छेवैमा काँडा
विचारी चाला छ बस्तैन टाढा
हाँसी रिझायो फूलले नै शत्रु
रुगीकन बस्छ काँडा झै मित्रु
घोचेर चेत फर्काउने च्वास्सै
नटिप फूलेको सम्झाई स्वास्सै
छर्कर कोमल माधुर्य वास्ना
दक्ष दिल छोई मुसुक्क हाँस्न
फूलेर त्यो बाँच्छ हासेर फूल्छ
मरे पनि मन संझेर डुल्छ ।

Download fonts here : free nepali fonts collection download
ReplyDelete