शिला भण्डारी
२ कोखका दाजुबैनि
२ ओटा कोखका दाजुबैनि रमाउछ् एकअर्कामा तिनि
दोस के थियो र तिनिहरुको रु कुदृष्टि किन हेर्ने हरुको रु
गल्त् िके होर उनिहरुको रु २ओटा कोखबाट जन्मदैमा
कुदृयिले हेनै पर्छ रु कोख फरक हुदैमा रु
माया गर्छे उसले दाजुलाई आÇ भन्दा धेरै
सबै संग भन्छे उसले दाजु हो यो मेरै
दोष दिन्छे आमैलाई भाग्य खोटो भनि
नछोड है साथ उसको अकौ कोखकि हो भनि
आमा भन्छे जन्म दाता दाजु भन्छ भाग्बिधाता
सम्झन्छे उसले यताउता पिडा हुन्छ कताकता
रुन्छे उ गुनासो पोखि गहभरि आसु बोकि
सम्झाउछ दाजु अनि बैनि तेरो मछु भनि
चान्छे उसले आÇनो दाजु,आÇनो अन्तिम सास सम्म
साथ मग्छे सदैब तिम्रो अन्तिम सास रहे सम्म्
अर्को जन्ममा दिन सक्छन् भगवान् चाहे एउटै कोख
फरक थियो तिनिहरुके मात्र एउटा कोख मात्र एउटा कोख
________________________________________
आधुनिक युवती
आँखा भरि कालो गाजल ओठ भरि रातो लाली
सहर पुग्दा गोरी हुन्छिन गाँऊ आउदा फेरि काली
आधुनिकताको पछिलागी केस पारिछन सवै चिन्डो
बाटो हिड्दा खाली खुट्टा हातमा बोक्छीन महङगो डिङगो
सप्तरङगी गाजल लाउछिन अनुहार हेर्दा साह्रै काली
अर्ध नग्न भई हिड्छिन गुन्यु चोलि सवै फाली
रातो खैरो केस पारिछन पठन लेख्न भुलेकी
१७ वर्ष लागे भन्छिन केस सबै फुलेकी
जिन्स पाइन्ट कम्वर मुनी टिर्सट लाउछिन साह्रै छोटो
बुढा पाका नियाल्ने गर्छन टिसर्ट होकी छोटो मोटा
होची मैया अग्ली बन्न हिल बुट लाउछिन
एविसिडि भुली सकिन ल्याङवेज पढन उनी धाउछिन्
कता बुनु भन्यो भने रमाइलो क्याम्पस भन्छिन
खल्तीमा सूक्को नास्ती औला टोकी बक्स फेण्ड गन्छिन्
हातभरि नग्रा पाली केस पारिछन सवै चिन्डो
होची मैया अग्ली बन्न किन्ने गर्छिन महङगो डिङगो
गुन्यु चोली भुली कन टिर्सट पाइन्ट लाऊछिन्
वा आमाको आँखा छली होटल पार्क उनि धाउछिन्
टिसर्ट तिम्रो साह्रै छोटो के हो यस्तो साथी
पाइन्ट तिम्रो झरिसक्यो छिटो तान कम्वर माथी
______________________________________
अठोट
हाँसोले सिर्गान खोजे
बदलामा आँशु दियो
उज्यालोमा हात समाए झै गरी
अन्धकारमा फालि दियौ
सम्झन्थे फूल तिम्रो तर
पत्थरको मुटु रहेछ।
चोखो थियो माया मेरो
तिम्रो लागि खेल भएछ।
माझदारमा बाटो भाँडे पनि
यात्रा एक्लै पुरा गर्ने छु।
तिम्रो साथ नपाएरै के भो ?
जलेरै पनि बाँन्न सक्नेछु।
______________________________________________
ख्याल ख्याल
हावालाई काइट गाडीलाई साइट
राम्रो कामलाई राइट गुन्डालाई फाइट
कमजोरीलाई डाइट अधवैशेलाई लाइट
रक्सी बेच्नेलाई टाइट केटीलाई पाइन्ट
विदेशीलाई गाइड चोरलाई नाइट
हाकिमलाई घुस खेलाडीलाई जुस
डाक्टरलाई नर्स पाकेटमारलाई पर्स
रोगीलाई इन्जेक्शन जोगिलाई जक्सन
मन्त्रीलाई झण्डा प्रहरीलाई डण्डा
सुकुम्बासीलाई घर व्यापारीलाई दर
कानालाई आँखो खसीलाई बाख्रो
नेतालाई भोट जनतालाई चोट।
_______________________________________
कैदीको इच्छापत्र
कैदीको इच्छापत्र
म एउटा कैदी हुँ
अपराध बिना थुनिएको
म एउटा निर्दोषी हुँ
घातलाई अपनाई तिमीबाट टाढिएको
समय मेरो हुन्थ्यो त
हिरामोतीको उपहारले सजाई दिन्थे
संसारका सवै खुसिहरु
तिम्रो पोल्टामा हालिदिन्थे
तर....म फगत् कैदी ........
गरिबको महासागरमा डुबेको छु
तिम्रो तिखो बचन बाणले
घृणाको पोखरीमा खसेको छु
बसमा मेरो नभएपछि
अनुनय विनय नलागेपछि
बलिन्द्र आँशुका धारा बहाउादै
काल कोठरीमा दिन गन्दै
रातहरु बिताइरेको छु
तिम्रो सम्झनामा आफुलाई
झन–झन बेचैनिमा सुकाइरहेको
काराबारमा कुनै अपराधी झै
अशान्तिमा छट्पटाइरहेछु
विन्ति मेरो मुत्यु पछि
दुई थुड्डा फूल
समबेदनाका दुई शब्द
मन लाग्छ मने दुई थोपा आशु
सहानुभुति स्वरुप अर्पण गरिदिनु
यस इच्छा पत्र मार्फत कैदी......
माया गर्दा बनेको कैदी ....
निर्धक कैदी .......
_____________________________________
हेरी हेर
निसानाको बादलभित्र
ओझेलिएका जीवनहरु
जस्को मुहानमा हेरी हेर
प्रश्नचिन्ह त्यहाँ देखिन्छन्
कुनै दिन बिना विश्राममा
अतालिएका मनहरु
जसभित्र डुवेर हेरीहेर
आतेशार आपति त्यहाँ भेटिन्छन्
अन्धकारमा दौडिरहेका
गन्तव्य बिहिन पाइलाहरु
जस्लाई एक छिन रोकी हेरी हेर
कहीँ कतै पुग्नलाई ती आतुर हुन्छन्
कुनै क्षणमा हाँसो खुसीको
अनुभुति विना बाच्ने आत्माहरु
जस्लाइ नियाली कोट्याई हेरी हेर
कसैसंग हैन ती आफैँसग रुन्छन्।
_________________________________
चाहिएको छ
...............
दिन उज्यालो जस्तो लाग्या छैन
लाग्छ सबै अध्यारा रातहरु
रात त झनै लागिरहेछ
शैयामाथिका घातहरु
जीवन जीवन जस्तो लाग्या छैन
लाग्छ झरेका पातहरु
ठाउँ छैन शितल ताप्ने
जलाई सक्यो ओतहरु
कहाँ हरायो त्यो हराभरा वसन्त
लाग्छ नाङ्गिएको धर्तिहरु
कस्तो कर्म गर्छन् यहाँ
लाग्छ सबै स्वार्थीहरु
धोका घृणा र अविश्वास छ यहाँ
छैन मुटु र मायाहरु
निच मानवताको घमण्डले
खाइसक्यो दयाहरु
चाहिएको छ
सँधै आÇनो उपहास पाइएको छ
मलाई चरित्रवान मान्छे चाहिएको छ
अरुको जीवनलाई बर्वादीतर्फ मोड्दै
लामो यात्रामा सहयात्रीलाई छोड्दै
दुई दिन आँखा भुलाउने धेरै पाइएको छ
मलाई कर्मनिष्ठ समाज अनुरागी चाहिएको छ
विदेशी संस्कृतिको नाममा
पप्, ¥याप र नाड्डो नाच पाइएको छ
मलाई आÇनै संस्कृतिको संरक्षक चाहिएको छ
परेली खुर्किएर आँखा तन्काउँदै
मिनिस्कट र टाइट पेन्टको केटा रन्काउँदै
नाइटो देखाएर पशुझै मोलगर्दै हिड्ने होइन
मलाई देशभक्त र स्वाभिमानी चाहिएको छ
_________________________________
शान्ति आजकाल हरेक ठाउँमा
पड्याड्ड र पुडुड्ड को आवाज बज्छ
आवाजको धुनमा नाच्दै जाँदा
रगतको भेल बग्छ
प्रत्येक कदममा शान्ति चाहन्छौं
तर आज हिंंसा र आतंकको भुमरी मडारिएकोछ
अशान्तिको चपेटामा परेको हाम्रो देशलाई
अब त शान्तिले टाउँनै पर्छ
शान्ति भन्छन् नेपालीहरु
चाहेर पनि पाएको छैन
दाजु भाइ नै मारामार गरेर
शान्ति हुन्छ भन्ने आश पनि छैन
समाज सेवी काम गर्छौँ भने दाजु भाइ
उन्नति र प्रगतिको पाइला चाल्दै जाऊँ
नेपालको अस्थित्व राख्न चाहन्छौ भने दाजुभाइ
आÇनो रितिरिवाज र संस्कृतिलाई जोगाऊ ।
________________________________
कविता ...............
दिन उज्यालो जस्तो लाग्या छैन
लाग्छ सबै अध्यारा रातहरु
रात त झनै लागिरहेछ
शैयामाथिका घातहरु
जीवन जीवन जस्तो लाग्या छैन
लाग्छ झरेका पातहरु
ठाउँ छैन शितल ताप्ने
जलाई सक्यो ओतहरु
कहाँ हरायो त्यो हराभरा वसन्त
लाग्छ नाङ्गिएको धर्तिहरु
कस्तो कर्म गर्छन् यहाँ
लाग्छ सबै स्वार्थीहरु
धोका घृणा र अविश्वास छ यहाँ
छैन मुटु र मायाहरु
निच मानवताको घमण्डले
खाइसक्यो दयाहरु