स्वागत छ यहाँहरुलाई यो व्लगमा प्रवेश गर्नु भएकोमा

Wednesday, October 8, 2014

क्लबको वनभोज कार्यक्रम

आज मिति २०७१÷÷२२ गते बुधबार दीपज्योति युवा क्लबले गएको बुधबार(सप्तमी) मधुमल्ला युवा क्लबले आयोजना गरेको ३५ वर्ष माथिका युवाहरुको मैत्रीपुर्ण फुटबल प्रतीयोगीतमा प्रथम स्थान हाँसील गर्दै जितेको २५ के. जी. को खसी सहितको कुइनेटारमा आयोजित शुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रमको केही झलकहरु


Monday, October 6, 2014

खुल्ला बुद्धिचाल प्रतियोगिता

मोरङको मधुमल्लामा यहि मिति २०७१ असोज ९ गतेका दिन ( बिहीबार) मधुमल्ला गा.वि.. स्तरीय खुल्ला बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको दीपज्योती युवा क्लब मधुमल्लाले विजया दशमी , शुभ दिपावली तथा छैठ पर्वको पावन अवसर पारेर श्री भगवती उच्च. मा.वि.को सभाहल मा सम्पन्न प्रतियोगितमा सहभागी कुल १८ प्रतिष्पर्धीलाई उछिन्दै मधुमल्लाका नविन चाम्लीङ (राई) प्रथम,  ऋषिराम राई द्धितिय , दिपक गुरागाई तृतीय मोहन लिम्बु सान्तवना घोषीत भए कार्यक्रममा प्रथम द्धितिय, तृतिय सान्तवना हुने लाई क्रमस १००१। ५०१। ३०१। १०१ साथै ट्रफी , चेस प्रमाण पत्र वितरण गरीयो
 
 कार्यक्रममा विजया दशमी, शुभ दिपावली छैठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम समेत राखीएको् थियो

Wednesday, October 1, 2014

१ दिवसीय अन्तर क्लब स्तरीय मैत्री पूर्ण फुटबल प्रतियोगिता


मोरङको मधुमल्लामा मधुमल्ला युवा क्लबको आयोजनमा भएको दिवसीय अन्तर क्लब स्तरीय मैत्री पूर्ण फुटबल प्रतियोगितामा क्लबहरु मधुमल्ला युवा क्लब , धप्पर सामुदायिक विकास युवा क्लब , मालबारी युवा क्लब नवदीप युवा क्लब हरुलाई पछि पार्दै दीपज्योति युवा क्लब मधुमल्लाले उपाधी जितेको खेलमा ३५ वर्ष भन्दा माथीका खेलाडीहरुको पहिचान गरी खेल खेलाइएको थिायो

खेलमा दीपज्योति युवा क्लबका मोहन सिंह राई डम्बर गिरी ÷ गोल गरी दीपज्योतिलाई विजयी गराएका हुन